Logo

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरुलाई भेट्ने



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितहरुसँग भेटवार्ता गर्ने भएका छन् । मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए ।

उनीहरुले मिटरब्याजी विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । सरकारले मिटरब्याज पीडितहरुको माग बुझ्नको लागि चार सदस्यीय समिति गठन गरेको थियो । समितिका पदाधिकारीले पीडितहरुसँग समन्वय गरेर आज बेलुका प्रधानमन्त्री प्रचण्डलाई भेटाउन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्