काठमाडौं १७ चैत । वरिष्ठ अर्थविद्ध डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ एकमा बैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्रित भएको छ ।
हिजोमात्रै नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका उनीसहित तीन जनाको नाम रास्वपाले उम्मेदवारको रुपमा पार्टीमा दर्ता गरेको थियो । पार्टीभित्र नाम दर्ता गरेका अन्य २ जनाले नाम फिर्ता लिएपछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।
उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा.रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन भएका छन्।