Logo

कुलप्रसाद/चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार रातोपाटीका सिग्देललाई



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिराज धमलाको स्वर्गीय माता–पिताको नामबाट स्थापित पुरस्कार कुलप्रसाद/चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्देललाई प्रदान गरिएको छ । सिग्देलले विगत डेढ दशक लामो समयदेखि नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहेर जनतालाई सुसूचित गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले त्यसको उच्च कदर समेत गरेको छ । सो पुरस्कारको राशि ४० हजार रुपैया रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot