Logo

रिपोर्टर्स रजत महोत्सव– कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार पुन सम्मानित



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो ।

क्लबले स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नामबाट स्थापित २५ हजार रुपैया राशीको कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा  बरिष्ठ पत्रकार लक्ष्मी पुनलाई प्रदान गरेको छ। पुन द वाकर अनलाईन डटकमकी सम्पादक हुन् ।

पुन नेपालको पत्रकारितामा विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रूपमा छिन् । बहुदलदेखि गणतन्त्रकालसम्म पुनको कलम अविरल चलिरहेको र मोफसलको अलावा र मूलधारको पत्रकारितासम्म आइपुग्दा सधैं पत्रकारिताप्रति समर्पित भएको क्लबले उल्लेख गरेको छ । यस्तै, पुनले पत्रकारको हकहितका लागि संघर्षमा समेत होमिएर नेतृत्वदायी भूमिका निभाएको भन्दै क्लबले प्रंशसा गरेकोछ ।

उनले दुई दशक भन्दा बढी समय पत्रकारिता गर्दै आएको र युद्ध पत्रकारको भुमिका कुशलतापुर्वक निर्वाह गरेको अनुभव छ। उनले गणतन्त्र रेडियो मगरातमा कार्यरत रहदा रोल्पा रुकुमका डाडा काडामा सानो नानी च्यापेर जोखिमपुर्ण पत्रकारिता गरेकी हुन। नेपाल टेलिभिजनमा शान्ति प्रक्रियापछि ५ बर्षको अङ्ग्रेजी सम्पादक र वाचिकाको अनुभव पनि उनीसँग छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot