Logo

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई



काठमाडौं, १७ चैत्र । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे।

उनले भने, “शिक्षामा हाम्रो धेरै लगानी छ। प्रतिफल नआएको हैन, आइरहेको छ। तर लगानीअनुसारको प्रतिफल देखिँदैन। अब प्रतिफलको विस्तार, सुधार र सुदृढिकरणका काम अघि बढाउनेछौँ।” मन्त्री राई गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचमा सुनसरी–१ बाट निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्