Logo

पर्यटनमन्त्री किराँती भन्छन् : ‘पशुपति विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने’



काठमाडौं, १८ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कहाँबाट कमिशन आउँछ भनेर त्यतै मात्रै लाग्ने दाबी गरेका छन्।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कहाँबाट कमिशन आउँछ भनेर त्यतै मात्रै लाग्ने दाबी गरेका हुन्।

‘हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने। कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने। विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने’ उनले भने, ‘पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो। जहाँ हामी सफाई नै गर्दैनौं। धेरै मानिसहरुले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा। म आफैं ट्वाईलेट खोजी हिँडदै थिए। कति गाह्रो छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot