Logo

कराँचीमा भएको भागदौडमा नौं जना महिलाको मृत्यु



एजेन्सी । कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ। मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्।

नि:शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासि भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो। उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो।

कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ। घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot