Logo

प्रतिनिधि सभा सदस्य अन्सारीले लिईन् पद तथा गोपनीयताको शपथ



काठमाडौं, १९ चैत्र । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा (अन्सारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । उनी समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्।

जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी सांसद शहनाज रहमानको निधन भएपछि उनी निर्वाचित भएकी हुन् । नवनिर्वाचित सांसद अन्सारीलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (आइतबार) सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराए । जसपाबाट समानुपातिक बन्द सूचीमा अन्सारीको नाम दोस्रो नम्बरमा रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot