Logo

एमाले सांसद गैरे भन्छन-एउटा प्रतिवेदन लुकाएर अर्को आयोग बनाइनु मिटरव्याज पीडितमाथि धोका हो



काठमाडौं १९ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरव्याजीपीडितलाई सरकारले फेरि धोका दिएको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा गैरेले मिटरव्याजपीडितमाथि धोका भएको बताए ।
आयोगमाथि आयोग बनाउँदा पीडितहरूले न्याय पाउने भन्दा पीडकहरूलाई उन्मुक्तिको वातावरण मिल्ने पनि बताए

सांसद गैरेले भने, ‘सरकारले मिटरव्याजीपीडितहरूलाई फेरि धोका दियो । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई अझै धोका दिने काम भएको छ। पीडितका नाममा अनेक व्यक्ति र समूहका चलखेल भएका छन् ।’

 



प्रतिक्रिया दिनुहोस्