Logo

कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडूको माग- सरकारले कोरोना संक्रमणको अवस्थाबारे जानकारी गराओस्



काठमाडौं,१९ चैत। नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले कोरोना संक्रमणको अवस्थाबारे जानकारी माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ भेरियन्टको संक्रमण बढेको जानकारी आएको बताउँदै रोकथामका लागि सरकारको कार्यनीति के छ ? भन्ने प्रश्न गरे ।

“देशका विभिन्न भागमा कोरोनाको नयाँ भेरियन्टहरुको संक्रमण बढ्दै गइरेहेको जानकारीमा आएको छ,” उनले भने, “यसको अवस्था के हो ? यसको रोकथाम र उपचारको निम्ती सरकारको कार्यनीति र कार्यक्रम के छ ? यसबारे सरकारले संसद्मा जानकारी गराओस् ।”



प्रतिक्रिया दिनुहोस्