Logo

उपेन्द्र यादव पुगे बारा, भोली उम्मेद्धारी दर्ता गर्ने



काठमाडौं १९ चैत । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा पुगेका छन । बैशाख १० मा हुने बारा क्षेत्र नं -२ को उपनिर्वाचनमा उमेद्धारी दर्ता गराउन  बारा पुगेका हुन ।

उपराष्ट्रपतिमा रामसहायप्रशाद यादव निर्वाचित भएपछि बारा -२ रित्त रहेको छ । सो क्षेत्रमा यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाह,रास्वपाका उमेद्धार पूर्व डिआईजी रमेश खरेलसँग प्रतिस्पर्धा गर्नेछन । यादवलाई सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी र लोसपाले समर्थन गरेका छन । भने नेकपा एमालेले आज उमेद्धार सार्वजनिक गर्दैछ ।

बारा -२, सँगै चितवन – २ र तनहुँ -१ मा पनि भोली उपनिर्वाचनकोलागि उमेद्धारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot