Logo

आयोगका पदाधिकारी र नवनियुक्त मन्त्री श्रेष्ठबीच भेटवार्ताः भूमि समस्या समाधानमा गम्भीर भएर लाग्ने प्रतिबद्धता



काठमाडौं, १९ चैत्र । राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुले नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई भेटेर आयोगका समस्याबारे ध्यानाकार्षण गराएका छन् ।

आज (आइतबार) आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्कासहितको टोलिले मन्त्री श्रेष्ठलाई भेटेर आयोगका समस्या र गतिविधिका बारेमा जानकारी गराएका हुन् ।

भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले आयोगका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोगका उपाध्यक्ष एवं प्रवक्ता खड्काले बताए ।

‘आयोगको विषयमा गम्भीर छलफल गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको कामलाई प्राथमिकताका साथ गर्ने बारेमा मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । उहाँ आयोगमा रहेका समस्या समाधानका लागि गम्भीर हुनुहुन्छ । काम छिटो गर्ने बारेमा छलफल भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot