काठमाडौं,१९ चैत । नागरिक उन्मुक्ति पार्टीले आँउदो बैशाख १० मा हुने उपनिर्वाचनमा तीनैवटा क्षेत्रमा उम्मेदवारी दिने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्क्ता दामोदर पण्डितका अनुसार नाउपाले बारा -२ मा नेपाल संघीय समाजवादीका अध्यक्ष मोहम्द रिजवान अन्सारीलाई उम्मेदवार बनाउने भएको छ उनि पूर्व गृहराज्यमन्त्री समेत हुन । नाउपा र नेपाल संघीय समाजवादी पार्टीबीच कार्यगत एकता गर्दै अघि बढ्ने समझदारी भएको छ ।
त्यस्तै चितवन-२ मा राजेश अधिकारी र तनहुँ-१ मा भीम सुनारलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्क्ता पण्डितले बताए ।
संघीय संसदमा नाउपाका चार सांसद रहेका छन भने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमी व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री रहेकी छिन् ।