काठमाडौं, १९ चैत्र । बैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्ना उम्मेद्वारको टुङ्याएको छ।
उपनिर्वाचनमा सहभागी हुन राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।
निर्वाचन आयोगको उपनिर्वाचनका लागि भोलि(सोमबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ।