Logo

नयाँ अर्थमन्त्रीलाई पत्याएनन् लागानीकर्ताले,नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं १९ चैत । साताको पहिलो दिन शेयर बजारमा ठुलोमात्रामा गिरावट आएको छ ।
आईतबार नेप्से २० अंकले घटेर १८८८.५५अंकमा झरेको छ ।

आज १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय बराबरको ३७ लाख ८७ हजार २४१ कित्ता कारोबार भएको छ । आज कारोबारमा आएका २१६ कम्पनि मध्ये १८९ कम्पनिका लगानिकर्ताले अधिक मात्रामा गुमाएका छन ।

अर्थमन्त्रीमा डा. प्रकाशसरण महत्तको आगमनपछि बजार केही सकरात्मक हुने अपेक्ष गरिएपनि लगानिकर्ताले उनको आगमनलाई खासै रुचाएको देखिदैन ।



प्रतिक्रिया दिनुहोस्