Logo

शिक्षामन्त्री राई भन्छन् : कोशीमा एमाले नेतृत्वकै सरकार कायम रहन्छ



काठमाडौं १९ चैत । जनता पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले कोशी प्रदेशमा तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका छन । आज बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रदेश सरकारबाट जसपा तत्काल नबाहिरिने बताए ।

केन्द्र र प्रदेश सरकारमा फरक फरक दलसँग किन गठबन्धन गरेको रु भनी गरिएको ? प्रश्नमा राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय नभएको बताए ।

उनले भने, ‘केन्द्र र प्रदेश सरकारको बेग्ला बेग्लै महत्व छ । केन्द्र र प्रदेश अधिकार सम्पन्न संवैधानिक संस्था हो । परिवेशअनुसार एकअर्कोसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot