Logo

रास्वपा सांसद श्रेष्ठको माग : चापागाउँको मूर्ति चोरी घटनामा सिडिओ र प्रहरीलाई स्पष्टीकरण सोधियोस्



काठमाडौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले ललितपुरको चापागाँउमा मूर्ति चोरिएको घटनामा सिडिओ र प्रहरी प्रमुखलाई स्प्रष्टीकरण सोध्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले चापागाँउ क्षेत्रमा १० दिनको अन्तरालमा भएको तीनवटा प्राचिन महत्वको मूर्ति चोरीको घटनामा गम्भिर बन्न आग्रहपनि गरे । उनले भने प्राचीन स्मारक ऐन २०१३ले कुनै पनि जिल्लाको सांस्कृतिक, प्राकृतिक सम्पदाको सुरक्षा गर्ने जिम्मा सिडिओलाई दिएको हुँदो रहेछ।

ललितपुरको चापागाउँमा १० दिनको अन्तरालमा ३ वटा एकदमै महत्वपूर्ण करिब ४ सय वर्ष पुरानो मूर्ति चोरिएको छ,’ , ‘राज्यलाई नै जिस्काउने गरेर, राज्यकै मिलेमतोमा चोरी भएको भन्ने सम्मको कुरा छ। सिडिओको मातहतमा भएकाले गृहमन्त्री जीले त्यहाँको सिडिओलाई हुन्छ कि एसपीलाई हुन्छ स्पष्टीकरण लिने, कडा कारबाही गर्नुपर्‍यो।’



प्रतिक्रिया दिनुहोस्