Logo

सूचना तथा सञ्चारमन्त्री शर्मा भन्छिन् : सरकारी सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन



काठमाडौं २० चैत । सरकारका प्रवक्क्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी छन् ।

सोमबार रेडियो नेपालको ७३ औ स्थापना दिवसको अवसरमा बोल्दै शर्माले नेपालका कुनैपनि सञ्चरमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी हुन् । नेपालका कतिपय सञ्चारमाध्यमहरु सरकारी रहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् ।

उनले भनिन्, ‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पुर्याउन खेज्दैछौँ । हामीले भनेका छौ , सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौँ । भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ । हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरु जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौँ । यी सबैमा हामी कानूनी रुपमा अघि बढ्न खोज्दैछौँ । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ ।’

 



प्रतिक्रिया दिनुहोस्