काठमाडौं २० चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा केवल मतदातामै सिमित हुने भएको छ ।
नेकपा (एस) ले उपनिर्वाचन हुने कुनैपनि क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ ।
गठवन्धनका उम्मेदवारलाई सघाउने समझदारी भएको हुँदा नेकपा एसले आफ्ना उम्मेदवार नउठाउने भएको हो । सत्ता गठवन्धन बाट बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, चितवन २ मा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा नेपाल विद्यार्थी संघका पूर्वसभापति गोविन्द भट्टराई उम्मेदवार रहेका छन् ।
नेकपा एसले आफ्नो पार्टीका उम्मेदवार नउठाई तीनवटै निर्वाचन क्षेत्रमा गठवन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लाग्ने बताएको छ ।