Logo

प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन– ‘चाकडीमा नलाग्नुस्’



काठमाडौं, २० चैत्र । उपप्रधान एवं गृहमन्त्री नारायण्नकाजी श्रेष्ठले प्रहरीलाई जनसेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिएका छन् ।

आज (सोमबार) प्रहरी प्रधान कार्यालयको निरीक्षणमा गएका गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवाका लागि गरिने चाकडी छाडेर जनसेवामा लाग्न निर्देशन दिएका हुन् । साथै, प्रहरीभित्रको सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘प्रहरी शासक हैन सेवक हो । जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस्,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्