काठमाडौं,२० चैत । १० वैशाखमा हुने उपनिर्वाचनकोलागि बारा -२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् ।
उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
यादव गत मंसिरको चुनावमा सप्तरी -२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।
यो क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।