Logo

उपनिर्वाचनले रास्वपा र जनमत पार्टीको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्छ– पूर्ण बस्नेत



काठमाडौं, २० चैत्र । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आगामी उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउन पर्ने बताएका छन् ।

उनीहरुले राजनीतिको नाममा सस्तो लोकप्रियतामा आत्मरती गर्ने र जनतालाई भ्रमित पार्ने काम गरेको उनको आरोप छ । उनीहरुले आन्दोलनका महत्वपूर्ण उपलब्धीहरुमाथि हिलो छ्याप्ने काम गरिरहेको बस्नेतको आरोप छ ।

राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता नीरिह हुन थालेको उनले बताएका छन् । यस्ता गतिविधिले बाह्य राजनीतिक हस्तक्षेप बढेको उनको दाबी छ ।

‘बाह्रय हस्तक्षेप र प्रभाव बढाउने काम भएको छ । उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ,’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्