Logo

विश्वप्रकाशको स्वर्णिमलक्षित टिप्पणी–नाच्न आउँछ भन्नुभयो, पालो विस्तारै आउँछ भन्दा….



काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डा. स्वर्णिम वाग्लेले कांग्रेसमाथि आलोचना नगरेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) चितवन क्षेत्र नं– २ को चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वर्णिमलाई पालो आउँछ भन्दै गर्दा कांग्रेसकै आलोचना गरेर हिँडेको आरोप लगाएका हुन् ।

‘उहाँसँग कविता भन्ने क्षमता रहेछ कांग्रेसले मञ्च दियो । गीत गाउने क्षमता पनि रहेछ, कांग्रेसले गीत गाउन दियो । उहाँले नाच्न पनि आउँछ भन्नुभयो । पालो विस्तारै आउँछ भन्दाखेरी कांग्रेसमाथि उहाँले आलोचना गर्नु भएको छ,’– उनले भने ।

कांग्रेसले अवसर दिएन भन्ने स्वर्णिमले योजना आयोगको उपाध्यक्षमा शेरबहादुर देउवाले नियुक्ति दिएको विर्सन नहुने उनको भनाई छ । साथै, कांग्रेसमा शेरबहादुर र आर्जुको विरोध गर्ने स्वतन्त्रता रहकोसमेत उनले बताए ।

‘शेरबहादुर देउवाको आलोचना गर्न पाइन्छ । उहाँको श्रीमतीको पनि आलोचना गर्न पाइन्छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउँदै गर्दा र आज कांग्रेसले अवसर दिएन भन्ने मित्रले के बिर्सिनुहुन्न भने उनै शेरबहादुर देउवाले नियुक्त गर्नुभएको थियो राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot