काठमाडौं २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पूर्व डिआईजी रमेश खरेलले १० बैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा मनोनयन दर्ता गराएका छन् ।
कलैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्दै खरेलले ‘मधेसका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफै सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पुर्ण योग्यता लिएको हिसावले बारा -२ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु’, उनले आफुले जिते देशभरी यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिन आफ्नो उम्मेदवारी रहेको बताए ।