Logo

स्वार्थ बाझिने समिति नरोज्न सांसदलाई एमालेको आग्रह



काठमाडौं २० चैत । नेकपा एमालेले संसदीय समितिमा बस्दा स्वार्थ बाझिने  समिति नरोज्न आफ्ना सांसदलाई  आग्रह गरेको छ ।

एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले योग्यता,रुची र क्षमतालाई हेरेर समिति रोज्न आफ्ना सांसद हरुलाई आग्रह गरेका हुन् ।
बिषयगत समितिमा रहने सांसदहरुले चैत २४ गतेसम्म संसदीय दलको कार्यालयमा जानकारी गराउनुपर्ने हुन्छ ।

त्यसपछि संसदीय समितिमा रहने आफ्नो पार्टीका सांसदहरुको नामावली संघीय संसद् सचिवालयलाई उपलब्ध गराउने एमालेको तयारी छ ।
प्रनिधिसभा नियमावली २०७९ संसदबाट पारित भएसँगै दलहरु संसदीय  समिति गठनको तयारिमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot