Logo

तनहुँ–१ मा स्वर्णिमलाई विवेकशील साझाको समर्थन



काठमाडौं, २० चैत्र । विवेकशील साझा पार्टीले तनहुँ–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा विवेकशीलले आफ्नो उम्मेदवार नउठाएर रास्वपालाई समर्थन गर्ने भएको हो । विवेकशील साझा पार्टीका तनहुँ संयोजक नगेन्द्र शर्मा ढुंगानाद्वारा जारी विज्ञप्तिमा नेपालको संसद्लाई वाग्ले जस्ता विज्ञको आवश्यकता भएकाले उनलाई समर्थन गरिएको उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot