Logo

०८४ को निर्वाचनपछि रास्वपाले एकल सरकार बनाउने रवि लामिछानेको दाबी



काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ सालमा हुने निर्वाचनबाट आफ्नो पार्टीको एकल सरकार बनाउने बताएका छन् ।

वैशाख १० गते हुने उपनिर्वाचनमा जितवन– २ बाट उम्मेदवार रहेका लामिछानेले आगामी पाँच वर्षपछि रास्वपाको एकल सरकार बनाउन कसैले पनि रोक्न नसक्ने बताएका हुन् ।

चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रममा रहेका लामिछानेले उपनिर्वाचनमा पनि तीनवटै क्षेत्रमा आफूहरुको जित सुनिश्चित रहेको दाबी गरे ।

छ महिनाको शान्तिपूर्ण राजनीतिक यात्राकै क्रममा २० सिटमा जीत हासिल गरेको स्मरण गर्दै उनले २०८४ सालमा हुने निर्वाचनमा बहुमत ल्याउने बताएका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot