Logo

मिटरब्याज पीडितले घेरे बालुवाटार (फोटोफिचर)



काठमाडौं, २१ चैत्र । मिटरब्याज पीडितहरुले बालुवाटारमा प्रर्दशन गरेका छन् । उनीहरुले सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखी प्रदर्शन गरेका हुन् ।

केही दिन अघिमात्रै मिटरब्याज पीडित समूहसँग सरकारले  वार्ता गरेलगत्तै अर्को समूह काठमाडौं प्रवेश गरेका थिए । सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको उनीहरुको आरोप छ । करिब छ सयको संख्यामा काठमाडौं छिरेका उनीहरु हिजो शान्ति वाटिकामा बसेका छन् ।

उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेका हुन् । प्रर्दशनमा सहभागी प्रायः जसो सबैले नेकपा (माओवादी) केन्द्रको हँसिया हथौंडा अंकित झण्डा टाउकोमा बाँधेका छन् । उनीहरुले सरकारले आफ्नो माग तत्काल सम्बोधन नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

मिटरब्याज पीडितको अर्को समूह फेरि काठमाडौंमा, कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने घोषणा (भिडिओसहित)

Photo By: Mukunda Kalikote/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot