Logo

मधेश प्रदेशबाट बाहिरियो एमाले



काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) मधेश प्रदेशबाट बाहिरिएको छ । एमालेको मन्त्रीहरुले प्रदेश मुख्यमन्त्री सरोजकुमार यादव समक्ष आज (मंगलबार) राजीनामा बुझाएका हुन् ।

मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, महिला , बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहमद जैद आलम, गृह तथा सञ्चार मन्त्री शत्रुधान प्रसाद सिंह, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव राय रहेका थिए ।

एमाले प्रदेश सरकारबाट बाहिरिएसँगै संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासका लिनपर्ने भएको छ । साथै, प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले प्रमुख प्रतिपक्ष बन्न पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot