Logo

कुटिए जसपा अध्यक्ष यादव



काठमाडौं, २१ चैत्र । जनता समाजवादी पार्टी सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादव कुटिएका छन् । सप्तरीको राजविराजस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरीबाट उनी कुटिएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार उनलाई प्रहरी निरीक्षक नवीन थापाले कुटपिठ गरेका हुन् । उनी विवादको मिलापत्रका लागि प्रहरी कार्यालय पुगेको बेला कु्टपिट गरिएको बताइएको छ ।

प्रहरीको कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । यादवमाथि प्रहरीबाटै कुटपिट भएको भन्दै जसपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्