काठमाडौं, २१ चैत्र । उच्च अदातल पोखराले गत स्थानीय तहको निर्वाचनको मतगणना फेरि गर्न आदेश दिएको छ।
उच्च अदालत पोखराले मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न आदेश दिएको हो।
एमालेबाट उम्मेदवार रहेका पुस्कल बहादुर थापाले मतगणना बदर गर्दै पुन: मतगणना गरिपाउँ भन्दै जेठ १८ गते उच्च अदालतमा उजुरी दिएका थिए।
सोही उजुरीपछि अदालतले सो आदेश दिएको हो।
पोखरा १८ मा कांग्रेसका शिवप्रसाद तिमल्सिना १६४३ मत पाएर विजयी हुँदा एमालेका थापाले १६४० मत पाएका थिए।
file photo