Logo

बैशाख ११ गतेदेखि राष्ट्रवादी केन्द्र नेपालले शान्तिपूर्ण आम हड्ताल गर्ने



काठमाडौं,२२ चैत । उद्योगी व्यवसायीहरुका मागहरु राखी राष्ट्रवादी केन्द्र नेपालले शान्तिपूर्ण आम हड्ताल गर्ने भएको छ । आगामी बैशाख ११ गतेदेखि काठमाडौँका विभिन्न सात स्थानहरुमा शान्तिपूर्ण रुपमा आम हड्ताल गर्ने भएको छ ।

राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार “राष्ट्रिय पूँजी र लगागानीको सुरक्षा, आजको आवश्यक्ता” भन्ने मुल नारासहित  आम हड्ताल गर्न लागिएको हो ।

महासंघले आज एक अपिल जारी गर्दै देशको खराव वित्तिय नीति, महाभुकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण उद्योगि व्यवसायीहरु संगै सिङगो देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोहुदाँ । उत्पन्न आर्थिक संकटलाई राज्यद्वारा समाधान गराउँन पटक पटक विभिन्न पक्षहरूद्वारा ध्यानार्कषण गराउँदा पनि कुनै पनि मागहरू सम्बोधन नहुँदा बाध्य भई विभिन्न मागहरू राखि भद्र अवज्ञा र शान्तिपूर्ण आम हड्तालमा उत्रिन बाध्य भएकको जनाएको छ ।

महासंघका अध्यक्ष थापाले वर्तमान वित्तिय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ .५ प्रतिशत कायम गर्नुपर्ने साथै कालो सुची र लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेशा र व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने ,एकद्वार कर प्रणाली लागु गर्नुको साथै घर, सटर, टहराको वैज्ञानिक भाडादर कायम गर्नुपर्ने , लेनदेन अन्तर्गत प्रयोग गरिएका चेकहरू देवानी कानुन अनुसार कार्वाही गरिनु पर्ने साथै ५०० र १००० का नोट बन्दी गरी नयाँ नोट सञ्चालन गर्नुपर्ने ,स्वदेशी उद्योगि व्यवसायीहरूलाई कच्चा पदार्थ सुलभ तरिकाले उपलब्ध गराउँनु पर्ने साथै उद्योग सञ्चालन गर्न आवश्यक पूर्वाधार र कामदारलाई तालिमको व्यवस्था राज्यले गर्नुपर्ने , उत्पन्न राष्ट्रिय आर्थिक संकटका कारण देखा परेको वित्तिय अराजकतालाई नियन्त्रण गर्दै बचतकर्ताको बचत सुरक्षा र सहकारी लगायत राष्ट्रिय पूँजीलाई राज्यले संरक्षण गर्नुपर्ने ।लगायतका मागहरु समाबेशगरी महासंघ आमहड्तालमा उत्रन लागेको बताए ।

शान्तिपूर्णरुपमा हुने आम हड्ताल काठमाडौंको कोटेश्वर, चाबहिल,गोंगबु, कलंकी, ग्वार्को, बागबजार,र कालीमाटीमा विहान ११ बजे देखि र्‍यालीसहित आम हड्ताल सुरूहुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्