Logo

सन्दीपविरुद्धको मुद्दाको फैसलाको पेशी न्यायाधीस घिमिरेको इजलासमा



काठमाडौं,२२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको  आज सुनुवाइ हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो । त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।



प्रतिक्रिया दिनुहोस्