Logo

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी



काठमाडौं,२२ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त चार मन्त्रालयमा मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रले नेपालको संबिधानको धारा १६९ को उपधारा (२)को खण्ड ‘क’ बमोजिम प्रदेशमा रिक्त गृह तथा सञ्चार, कानुन न्याय तथा प्रदेशसभा मामिला ,महिला बालवालिका युवा तथा खेलकुद र भौतिक पूर्वाधार मन्लायको जिम्मेवारी यादवलाई दिएका हुन् ।

प्रदेश सरकारमा एमालेका राजकुमार लेखी,सरोजकुमार यादव,शत्रुधन प्रसाद सिंह र मोहमद जयद आलम मन्त्री तथा केशव राय राज्यमन्त्रीको रुपमा सहभागी थिए ।

चार मन्त्री र एक राज्यमन्त्रिसहित प्रदेश सरकारमा सामेल भएको एमाले केन्द्रमा आएको सत्ता समिकरण परिर्वतन सँगै प्रदेश सरकारबाट धमाधम बाहिरिरहेको छ । चैत १२ मा बागमती सरकारबाट बाहिरिएको एमाले आफ्नै पार्टी नेतृत्वको गण्डकी र लुम्बिनी प्रदेश सरकारबाटपनि बाहिरिने अवस्थामा पुगिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot