Logo

सयौं थुंगाभन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाउन एमाले अध्यक्ष ओलीको माग



काठमाडौं, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियगानमा परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।

आज बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियगानमा सयौं थुंगा भन्दाअघि बझ्ने धुन हटाउन माग गरेका हुन् ।

उनले भने, ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन । म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि प्याप्या‘धुन बजाउँछ । सयौं थुंगा फूलका हामी‘ भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ । त्यो राष्ट्रिय गानभित्र पर्दैन । र, राष्ट्रिय धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot