काठमाडौं,२२ चैत । निर्वाचन आयोगले तनहुँ-१ बारा-२ र चितवन-२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारले गर्नपाउने खर्चको सिमा तोकेको छ ।
आयोगले उपनिर्वाचनका लागि गत असोज ३१ गतेको नेपाल राजपत्रमा तोकिए अनुसार हुनेगरी चितवन-२ र बारा-२ मा २९ लाख तथा तनहुँ-१ मा ३१ लाखसम्म खर्चगर्न पाउनेगरि खर्चको सिमा तोकेको हो ।
उम्मेदवारले आयोगले तोकेको खर्चको सीमाभित्र रही निर्वाचनमा खर्च गर्न पाउने छन् । उम्मेदवारले गरेको खर्च विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ ।