Logo

युवा उद्यमी मनोजको एसोसिएट्स सदस्यमा उम्मेद्‍वारी



काठमाडौं, २२ चैत्र । युवा उद्यमी मनोज पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। आध्यान्त फण्ड एण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक पौडेलले महासंघको यहिँ चैत २९ गते हुने निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

हाल महासंघको अन्तर्राष्ट्रिय लगानी प्रर्वद्धन समितिका सहसभापति रहेका पौडेलले आध्यान्तमार्फत स्वदेशी तथा विदेशी पुँजी जुटाएर नयाँ इनोभेसनका क्षेत्रमा लगानी गर्दै आएका छन्। इन्वेष्ट एन्ड इन्फ्रका सहसंस्थाप रहेका पौडेल प्राईम कर्सियल बैंकका संचालकसमेत हुन्। देशभित्र दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं टेक्निकल स्कुल संचालमा ल्याएका पौडेलले हाल थुप्रै क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन्।

नेपाल र नेपालीको लागि समर्पित युवा उद्यमीको रूपमा देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका पौडेलले पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्क चार एजेन्डालाई अघि बढाएका छन्। पहुँचयोग्य र सुलभ लगानी विकासका लागि नयाँ अवसर भन्ने मुल नाराका साथ उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरुमा पहुच विस्तार गरेका छन् भने न्यायपूर्ण वित्तीय र बैंकिग अभ्यासहरूको पक्षमा काम गर्दै आएका छन्।

लण्डन स्कुल अफ इकोनमिक्सबाट एमएस्सी उत्तिर्ण गरेका पौडेलको सरकारी र निजी दुवै क्षेत्रमा काम गरेको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस्