Logo

कोशी प्रदेश नामकरणमा पार्टीबाट गल्ती भएको प्रचण्डको निष्कर्ष



काठमाडौं, २२ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ को नाम कोशी राख्नुमा पार्टीले गल्ती गरेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रदेश १ को नाम कोशी राख्नुमा पार्टीले गल्ती गरेको बताएका हुन्।

बैठकपछि नेता गिरिराजमणि पोखरेलले भने, ‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ। यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ।’



प्रतिक्रिया दिनुहोस्