Logo

एसईई दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ



काठमाडौं, २३ चैत्र । एसईई परीक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । आज (बिहिबार) मोरङको ग्रामथान गाउँपालिकामा रहेको सरस्वती नमूना माध्यामिक विद्यालयबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

उक्त विद्यालयमा ८ वटा विद्यालयको सेन्टर रहेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त परीक्षा केन्द्रमा दुई सय ९१ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot