Logo

हामी कांग्रेस, एमाले, माओवादी पार्टीमा छिर्ने जत्था होइन– लक्ष्मण थारु



काठमाडौं, २३ चैत्र । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले आफूहरु कांग्रेस, एमाले र माओवादीमा छिर्ने जत्था नभएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अहिलेको गठबन्धन सरकारमा रहनुको अर्थ माओवादी, एमाले र कांग्रेस कुनै पार्टी विशेषको जत्था नभएको बताएका हुन् । ‘हामी मन्त्रिपरिषद्मा गयौं, सरकारमा छौं । उनीहरुको सरकार बनाइँदियौं । गठबन्धन बनाइदियौं । तर, हामी कांग्रेस, एमाले, माओवादी पार्टीमा छिर्ने जत्था होइन,’– उनले भने ।

नागरिक उन्मुक्ति पार्टीले अहिलेको सरकारलाई दिएको समर्थनको कुनै लिमिटेसन नभएको पनि उनको दाबी छ । आफूहरु आदिवासी जनजाति, भूमिहीन, सुकुम्बासी जनताको एजेण्डा बोकेर हिडिरहेको र उक्त समस्या समाधानका लागि तयार रहेको पनि उनले बताए । अहिलेको सरकारलाई दिएको समर्थन एजेण्डामा आधारित भएर अगाडि बढ्ने उनको दाबी छ । ‘हुनसक्छ यो सहमति तीन महिनाको लागि, छ महिना, दुई वर्षपनि हुनसक्छ । कुनै लिमिटेसन छैन यसको । हामी एकदम क्लियर छौं, हामीले उठाउँदै गरेका आन्दोलनका एजेण्डाहरु, यो देशका आदिवासी जनजातिहरुले उठाउँदै गरेका एजेण्डाहरु महत्वपूर्ण हुन् । लाभको कुरा छोड्दिनुस्, केही दलालहरु करोडको फाइल लिएर आउँदै छन् हामीसँग,’– उनले भने ।

देशमा रहेको भूमिको समस्या, आदिवासी जनजातिको समस्या, सुकुम्बासी र सहकारीहरुमा रहेका समस्याहरुलाई आन्दोलनको रुपमा लिएर नाउपा क्याविनेटमा गएको उनको दाबी छ । लाभको लागि कुनै दलालको फाइल बोकेर मन्त्रीकोमा नजान पनि उनले नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot