Logo

जनताले अब विकल्प खोज्ने बेला आएको छ : सांसद सिंह



काठमाडौं , २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले वैदेशिक रोजगारीमा जानेहरुले पैसा नपठाउने हो भने सांसदहरुले तलव भत्ता खाने पैसा सरकारसँग नहुने अवस्था आउने बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व उर्जाराज्यमन्त्री समेत रहेका सांसद सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंका हुनबाट जोगाइरहेको बताएका छन् ।

उनले भने, ‘आज ती भाइबहिनीहरुको सुरक्षाको लागि सरकारले के दिएको छ ? के गरेको छ ? सरकारले त्यो पक्षमा के सोचेको छ । सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ । त्यो पैसा जो बाकसमा आएका छन् । त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो ।’

सरकार गठन भएको सय दिन पुग्दापनि सरकारले गति लिन नसकेपछि चौतर्फी आलोचना भएको भन्दै सिंहले अहिलेकै अवस्था रहने हो भने नेपाली जनताले छिट्टै विकल्प खोज्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot