Logo

अर्थतन्त्र दिनदिनै ओरालो लाग्दा सरकारको ध्यान जाननसक्नु दुर्भाग्य– विरेन्द्र महतो



काठमाडौं, २३ चैत्र । जनता समाजवादी पार्टीका सांसद विरेन्द्र प्रसाद महतोले अर्थतन्त्र दिनदिनै ओरालो लाग्दा पनि सरकारको ध्यान जाननसक्नु दुर्भाग्य भएको बताएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद महतोले अहिले व्यवसायीहरुलाई बैंकको व्याज, ऋण र सटर भाडा तिर्नसमेत गाह्रो भइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका हुन् ।

‘अर्थतन्त्र दिनदिनै ओरालो लाग्दा सरकारको ध्यान जाननसक्नु दुर्भाग्य हो । बजारका व्यपारीहरु, व्यवसायीहरु व्यापार चौपट भई वित्तीय संस्थाको ऋण व्याज तिर्न नसक्नु, सटरको भाडा तिर्न नसकी आधा दाममा पसल विक्रि गर्न बाध्य हुनु, अर्थतन्त्रमा नकारात्मक असर पर्ने र बेरोजगारी बढ्ने हुँदा यथाशीघ्र यसमा सरकारको ध्यान जान जरुरी छ,’– उनले भने ।

साथै, प्राकृतिक रुपमा नेपाल स्रोत साधनको धनी देश भएपनि त्यसको सही परिचालन हुन नसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्