Logo

 आत्मदाह नागरिकको निराशाको प्रतिविम्ब बन्यो : सांसद भट्टराई



काठमाडौं , २३ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले आत्मदाह मानिसहरुको निराशाको एक प्रतिविम्ब बनेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले राज्यमा बस्ने हरुले मृतकप्रती समवेदना र श्रदाञ्जली अर्पण गरेरमात्रै यो समस्या समधान नहुने बताईन् ।

अर्थतन्त्र संकटग्रस्त अव्स्थामा छ जसले गर्दा मानिसहरुमा चरम निराशा छाएको छ यस्को बारेमा गम्भिर बनौ , चिन्तन गरौ, वहस गरौ, नँया कार्ययोजना बनाएर जनतालाई आशा जगाँऔ ,त्यतिबेला मात्रै हामी राज्य र सरकार साँच्चै नागरिकको अभिभावक हो भन्ने अनुभूती हुनेछ’ भट्टराईले भनिन् ।

भट्टराईले पोखरा र पर्यटन एक अर्का सँग सम्वन्धित रहेको उल्लेख गर्दै उनले भनिन् संबिधानको भाग चारमा उल्लेख रहेको राज्यको नीति तथा दायित्व र सिद्धान्तहरुमा उल्लेख गरिएको सरकारी,निजी र सहकारी क्षेत्रसँगको साझेदारीले मात्र यो समस्या हल हुनसक्छ त्यसैले तीनवटै क्षेत्रबीच सहकार्यको जरुरी रहेको औल्याईन



प्रतिक्रिया दिनुहोस्