Logo

सभामुख घिमिरेले महाअभियोग सामना गर्नुपर्ने ओलीको संकेत



काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेविरुद्ध सत्ता गठबन्धनका दलहरुले महाअभियोग ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (बिहिबार) एमाले निकट पेशागत महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दल र सरकारले जे पनि गर्न नसक्ने बताएका हुन् । उनले गठबन्धन दलमा कुनै लाज शरम नभएकोसमेत उनले टिप्पणी गरे ।

अहिलेको सत्ता गठबन्धनले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग ल्याउन खोजेपनि त्यो असफल भएको उनले स्मरण गरे । अहिलेको सरकारले सभामुखविरुद्ध महाअभियोग ल्याउने सम्भावना उच्च रहेको उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्