काठमाडौं, २३ चैत्र । प्रतिनिधि सभाको अर्को बैठक चैत्र २४ गते (भोलि) बस्ने भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको थियो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए ।
यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०७८ साउन( २०७९ आसार) पेस गरेकी थिईन् ।
यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेका छन् ।