Logo

बोनम्यारो पीडित १४ वर्षिय बालकको उपचार गर्न आर्थिक अभाव



काठमाडौं २३ चैत्र । १४ वर्षिय बालक विकल्प दाहालको उपचारकालागि आर्थिक अभाव रहेकाले सहयोगका लागि परिवारले अपिल गरेको छ।

विकल्पका बुबा प्रमोद दाहालका अनुसार हाल सिभिल अस्पताल मिनभवन काठमाण्डौंमा बोन म्यारोको उपचार गराईरहेका विकल्पको ब्यानम्यारो प्रत्यारोपण गर्नु पर्ने भएको छ।

भदौ महिनादेखि निरन्तर उपचार गर्दा करिब २० लाख रुपैयाँ सकिइसकेको बताउँदै बुबा प्रमोदले भने, ‘भदौदेखिको अधिकांश उपचार ऋण गरेर गरिरहेका छौं। अस्पतालले कम्तीमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न अझै ३० लाख लाग्छ भनेको छ। यति ठूलो रकम हामीले जुटाउने अवस्था नै छैन।’

विकल्प २०७९ भदौमा डेँगु संक्रमित भएका थिए। परिवारका अनुसार संक्रमण पश्चात अवस्था गम्भिर भएपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो।

केएमसी अस्पतामा आईसियु र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा विकल्पलाई करिब ३० पाउण्डभन्दा बढी रगत दिनु परेको थियो।

डेँगुको ज्वरो निको भईसके पश्चातको एक महिनासम्मपनि निरन्तर उपचार गर्दा रगतमा हुनुपर्ने प्लेटलेटको मात्रा नबढेपछि केएमसी अस्पतालका डक्टरहरुको सल्लाह अनुसार परिवारले काठमाडौंस्थित मिनभवनमा रहेको सिभिल अस्पतालमा कार्यरत रगत रोग विशेषज्ञ प्राध्यापक डाक्टर विशेष पौडेलमार्फत उपचार सुरु गरेको थियो।

अहिलेपनि रगत रोग विशेषज्ञ डाक्टर विशेष पौडेलको टोलीले उपचार गरिरहेको छ। परिवारले उपचार गर्न आर्थिक कारणले नकस्ने भएपछि विकल्पको जीवन रक्षाका लागि गोफन्डमी ( लिंकः—www.gofundme.com/f/donate-to-save-bikalpas-life-14-years-old?)मार्फत आर्थिक सहयोग संकलन सुरु गरेको जनाएको छ।

त्यसैगरी विकल्पकी आमा विष्णु पौडेलको Bishnu Kumari Paudel, Everest Bank (Singhadurbar Branch, A/C number: 00120526201888) बैंक खाता मार्फतपनि आर्थिक सहयोग संकलन गर्न थालिएको परिवारले जनाएको छ।

आर्थिक अभावकै कारण छोराको उपचार गर्न कठिन भइरहेको बताउँदै परिवारले छोरोका जीवन रक्षाको लागि सहयोग गरिदिन सम्पूर्ण सबैमा अपिलपनि गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot