Logo

पिछडिएको समुदाय र क्षेत्रको उत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने



काठमाडौं, २३ चैत्र । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकारका न्यूनतम् साझा नीति तथा कायक्रममा दलित, वादी, सीमान्तकृत तथा लोपोन्मुख जाति एवं पिछडिएको समूदाय र क्षेत्रको उत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

‘संघीयताको लाभ गरिब, विपन्न र विभेदमा परेका सबै वर्ग, जाति, क्षेत्र, लिंग र समूदायले लिन सकुन् भन्नाका लागि आवश्यक कार्य गर्ने । दलित, वादी, सीमान्तकृत तथा लोपोन्मुख जाति एवं पिछडिएको समुदाय र क्षेत्रको उत्थान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने,’– सरकारका न्यूनतम् नीति तथा कार्यक्रममा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot