Logo

सरकारले सीमासम्बन्धी समस्याहरू कुटनीतिक माध्यमबाट समाधान गर्ने



काठमाडौं २३ चैत्र । १० दलीय गठबन्धन नेतृत्वको सरकारले सीमासम्बन्धी सम्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ।

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले १० दलीय गठबन्धन नेतृत्वको सरकारले सीमासम्बन्धी सम्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको हो।

उनले भनिन्, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कुटनीतिक माध्यमबाट समाधान गर्ने। सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बीओपी) वृद्धि गर्ने।’



प्रतिक्रिया दिनुहोस्