Logo

बढुवा भएका चार एआईजीको पदस्थापन



काठमाडौं,२४ चैत। सरकारले नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ ।

मन्त्रिपरिषदको शुक्रवारको बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।

गृह मन्त्रालयले १३ चैतमा डिआईजीहरु भण्डारी,गिरी,तामाङ र चौधरीलाई एआईजीमा बढुवा गर्न सिफारीश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्