Logo

चिरीबाबु महर्जन उपत्यका मेयर्स फोरमको अध्यक्षमा चयन



काठमाडौं,२४चैत । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन्।
काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुरथिमीका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ चयन भएका हुन्।

फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन्।

बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्